प्रदेश नं १ मा कोभिड १९ को आशंकामा बिहीबारसम्म ५९ जनाको स्वाब टेष्ट गरिएकामा ४२ को रिपोर्ट नेगेटिभ आएको छ।
बाँकीको रिपोर्ट आज आउने त्यहाँको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ।
सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा सुरेश मेहताले झापाबाट पाँच, मोरङबाट नौ, सुनसरीबाट २५, धनकुटाबाट र संखुवासभाबाट एकएक, तेर्हथुम, भोजपुर र ओखलढुङ्गाबाट दुई-दुई, सोलुखुम्बुबाट पाँच, उदयपुरबाट चार र पाँचथरबाट तीन शङ्कास्पद व्यक्तिको स्वाब नमूना सङ्कलन गरिएको जानकारी दिए।
आइसोलेशन वार्डमा बिहीबारसम्म ११ जना भर्ना भएका छन् जसमा पाँच महिला छन्।
यसैबीच प्रदेशका विभिन्न जिल्ला स्वास्थ्य कार्यालय, स्थानीय तह, सुरक्षा निकाय तथा अस्पताललाई बिहीबार व्यक्तिगत सुरक्षा सामाग्री ६७६ थान वितरण गरिएको छ।
(रासस)