कोभिड–१९ विरुद्धको स्वास्थ्य उपचारमा संलग्न चिकित्सकका लागि भन्दै एनएमबी बैंकले सुदूरपश्चिम प्रदेश सरकारलाई व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) हस्तान्तरण गरेको छ।
बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगी सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई एनएमबी बैंक कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका प्रमुख रमेशराज भट्ट र धनगढी शाखाका प्रबन्धक अमन जोशीले संयुक्तरुपमा १०० थान पिपिई हस्तान्तरण गरिएको एनएमबी बैंकले जनाएको छ।
कोभिड–१९ बाट मुलुकमा सबैभन्दा बढी प्रभावित समुदाय-व्यक्तिलाई सहयोग पुर्याउने उद्देश्यका साथ एनएमबी बैंकले देशभरका शाखा र प्रादेशिक तहमा विभिन्न प्रकारका योगदान आरम्भ गरेको बताइएको छ।
सामाजिक उत्तरदायित्व अनुसार व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) हस्तान्तरण गरिएको एनएमबी बैंक धनगढी शाखा प्रबन्धक जोशीको भनाइ छ।
(रासस)