संसारभर कोरोना भाइरस संक्रमितको संख्या २० लाख नजिक पुगेको छ।
कोरोना भाइरसको पछिल्लो विश्व विवरण अनुसार संसारभर कुल संक्रमितको संख्या १९ लाख ९८ हजार १ सय ११ रहेको छ।
यसैगरी संक्रमितमध्ये ४ लाख ७८ हजार ६ सय ५९ जना कोरोनाबाट निको भएका छन्।
यस्तै मृतक संख्या १ लाख २६ हजार ६ सय ४ पुगेको छ।
पछिल्लो विवरण अनुसार अमेरिका कोरोना भाइरसबाट सर्वाधिक प्रभावित मुलुक हो।
त्यहाँ हालसम्म ६ लाख १३ हजार ८ सय ८६ जनालाई संक्रमण भइसकेको छ भने २६ हजार ४७ जनाको मृत्यु भइसकेको छ।
अमेरिकापछि सबैभन्दा धेरै संक्रमित भएका मुलुकमा क्रमशः स्पेन, इटाली, फ्रान्स, जर्मनी र बेलायतमा रहेका छन्।
भाइरसको उद्गम देश चीनमा भने पछिल्लो समय महामारी नियन्त्रणतर्फ गइरहेको छ। पछिल्लो २४ घण्टामा त्यहाँ थप ४६ नयाँ संक्रमित भेटिएका छन्।
त्यहाँ हालसम्म ८२ हजार २ स ९५ जनामा संक्रमण भएको छ भने ३ हजार ३ सय ४२ जनाको मृत्यु भइसकेको छ।
चीनले पछिल्लो समय आफ्नो मुलुकमा देखिएका कोरोना संक्रमित बाहिरबाट आएकाहरूमा धेरै देखिएको जनाएको छ।
त्यसैले उसले आफ्ना अध्यागमन र विशेषगरी रुससँगको सीमा नाकामा विशेष कडाइ गर्दै आएको छ।