कतारले कोभिड–१९ लाई मध्यनजर गर्दै विभिन्न कसूरमा जेल परेका १७ नेपालीलाई आममाफी दिएको छ।
कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले कैदीको स्वास्थ्य र मानवीय अवस्थालाई समेत ध्यानमा राखी केही कैदीलाई आममाफी दिने घोषणा गरेको दोहास्थित नेपाली दूतावासले जनाएको छ।
उक्त घोषणासँगै १७ नेपालीले आममाफी पाएका हुन्।
आममाफीपछि कतारको बन्दी गृहमा रहेका उनीहरु रिहाइ हुनेछन्। लागू औषध कारोबारजन्य कसूरमा सजाय भोग्दै आएका १३, चोरीमा संलग्न दुई तथा मादक पदार्थ कारोबार र ठगीको कसूरमा सजाय भुक्तान गरिरहेका एक-एक नेपाली रिहा हुनेछन् ।