झापाको दमकमा आजदेखि स्वाब सङ्कलन गरिने भएको छ।
एक ६२ वर्षीय पुरुषमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि कोरोनाको सङ्क्रमण फैलिन नदिन स्वाब सङ्कलन गर्न लागिएको कोरोना भाइरस रोकथाम, उपचार तथा समन्वय अनुगमन समिति झापाका संयोजक सोमनाथ पोर्तेलले जानकारी दिए।
'कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन प्रभावित क्षेत्रका मानिसको स्वाब सङ्कलन गर्न लागिएको हो', उनले भने, 'यसबाट सङ्क्रमण नियन्त्रण र रोकथाममा सहयोग पुग्नेछ।'
कोरोना पुष्टि भएपछि दमक नगरपालिकाले सङ्क्रमण देखिएको वडा आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाएको छ। नगर उपप्रमुख गीता अधिकारीले सङ्क्रमितको घर र नजिकैको भुटानी शरणार्थी शिविरसमेत सिल गरिएको बताए।
(रासस)