नदीमा माछा मार्न गएका एक युवक मृत अवस्थामा भेटिएका छन्।
दुधकोशी नदीमा माछा मार्न गएका थुलुङदुधकोशी गाउँपालिका–८ देउसाका ३९ वर्षीय लक्ष्मण रार्ई दुई दिनपछि मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
सोमबार माछा मार्न भन्दै दुधकोशी गएका राईलाई माप्यदुधकोशी–७ र थुलुङदुधकोशी–८ जोड्ने कायघाटमा राखिएको ह्युमपाइपभित्र अड्किएको अवस्थमा बुधवार मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए।
उनका अनुसार राईको शव बुधवार नै कानूनी प्रक्रिया पूरा गरी आफन्तलाई जिम्मा लगाइएको छ।
(रासस)