महालक्ष्मी नगरपालिका वडा नं ६ सिद्धिपुरमा सिल गरिएका चारै घरको शिल खोलिएको छ।
शिल गरिएको घरका व्यक्तिको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएसँगै शिल खोलिएको वडाध्यक्ष वासुदेव महर्जनले बताए।
'वडा कार्यालय र स्थानीय बासिन्दा मिलेर हामीले गत बुधबार र बिहीबार वडामा अन्य जिल्लाबाट मानिस प्रवेश गरेको सूचनाको आधारमा गएर हेर्दा देखेपछि शिल गरेका थियौं', उनले भने।
उक्त वडामा काठमाडौँ उपत्यका बाहिरबाट आएकालाई बन्दाबन्दी भएदेखि नै प्रवेश निषेध गरिएको महर्जनले जानकारी दिए।
'सिद्धिपुर प्रवेश गर्ने १० वटा विन्दु रहेका हुँदा वडामा २४ औं घण्टा बाहिरी जिल्लाका मानिस प्रवेश रोक्नका लागि स्थानीयवासी युवाले सुरक्षा दिनेछन्', उनले थपे।
(रासस)