झापाको विर्तामोड नगरपालिका–५ बाट लागुऔषध ब्राउसुगरसहित दुई जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ।
शनिबार दिउँसो १ बजे जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए।
पक्राउ पर्नेमा विर्तामोड–४ का २८ वर्षीयद्वय पवन चौधरी र महेश गुरुङ रहेका छन्।
उनीहरुको साथबाट ५ ग्राम ब्राउन सुगर बरामद गरिएको प्रमुख कोइरालाले बताए।
लागुऔषधसहित पक्राउ परेका दुवै जनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।
(रासस)