भारतबाट फर्किएका नेपाली बोकेर नेपालगन्जबाट सल्यान जाँदै गरेको बस बिग्रेर रोकिएको ट्रकमा ठोक्किदाँ ११ जनाको ज्यान गएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेका इन्सपेक्टर पवेन्द्र बमका अनुसार घटनामा ११ जनाको ज्यान गएको हो।
मृतकमा १० पुरूष र एक महिला रहेका छन्। घटनामा २२ जना घाइते भएका छन्। घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको भनाइ छ।
सेतोपाटीसँग कुरा गर्दै इन्सपेक्टर बमले थप एक जनाको मृत्यु भएको खबर प्राप्त भएपनि सोको पुष्टि हुन बाँकी रहेको बताए।
बसमा ३३ जना सबार रहेको उनको भनाइ छ। घटना आइतबार राती सवा १२ बजे बाँकेको अगैयामा भएको हो।
बमका अनुसार सडकमा बिग्रिएर रोकिएको ना४ ख ९०६४ नम्बरको ट्रकमा बा५ख ५९९५ फोर्स गाडी ठोकिएको थियो।
मृतकहरूको सनाखत हुन सकेको छैन।
मृतक र घाइते सबैलाई राति नै भेरी अस्पतालमा लगिएको छ।