दाङमा खुकरी प्रहारबाट तुलसीपुर उपमहानगरपालिका – ६ राजापुर निवासी ४३ वर्षीय कृष्ण सुनार गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार मंगलबार साँझ साढे ५ बजेतिर सोही ठाउँका ३० वर्षीय सन्तोष सुवेदीले खुकुरी प्रहार गर्दा घाइते भएका सुनारको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
अभियुक्त सुवेदी भने फरार रहेकाले खोजी भइरहेको प्रहरीले बताएको छ।
(रासस)