कोभिड–१९ बाट सङ्क्रमित जिल्ला ६८ पुगेका छन्।
आज गरिएको परीक्षणमा गोरखा, कास्की र हुम्लामा सङ्क्रमित देखिएसँगै सङ्क्रमित जिल्ला ६८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।
अब नौ जिल्लामात्र बाँकी रहेका छन्। कोरोना नदेखिएका जिल्लाहरुमा इलाम, ओखलढुंगा, रसुवा, मनाङ, मुस्ताङ, डोल्पा, जाजरकोट, रुकुमपश्चिम र रोल्पा मात्रै छन्।
आज एकै पटक २७८ जनामा सङ्क्रमण देखिएको छ। आज देखिएका सङ्क्रमितसँगै सङ्ख्या दुई हजार ९१२ पुगेको छ। तीमध्ये पुरुष दुई हजार ७१७ र महिला १९५ रहेका छन्।
आज एकै दिन ४३ जना डिस्चार्ज भएका छन्। मन्त्रालयका प्रवक्ता विकास डा देवकोटाका अनुसारअहिलेसम्म कूल ३३३ जना डिस्चार्ज भएका छन्।
अहिलेसम्म सङ्क्रमितको अस्पताल बसाई औषत दिन १५ रहेको छ। पिसिआरबाट ८८ हजार ३६६ र आरडिटीबाट परीक्षण एक लाख ३२ हजार ९६६ व्यक्तिको गरिएको छ। (राससको सहयोगमा)