डाका मुद्दामा फरार एक अभियुक्तलाई सप्तरी प्रहरीले सोमबार पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सप्तरीको सुरूङ्गा नगरपालिका–८ बस्ने हरिलाल रामका ३२ वर्षीय छोरा अनिलकुमार राम रहेको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए।
फरार प्रतिवादी रामलाई इलाका प्रहरी कार्यालय कडोरबोनाबाट खटिएको प्रहरीको टोलीले घरबाटै पक्राउ गरेको प्रहरीले जनाएको छ।
जिल्ला अदालत राजविराजले विसं २०७१ असार १७ गतेको गरेको फैसलामा डाका मुद्दामा रामलाई अदालतले तीन वर्ष कैद सजाय तोकेको थियो। पक्राउ परेका उनलाई जिल्ला अदालत सप्तरीमा उपस्थित गराइएको छ।
(रासस)