२४ घण्टामा देशका विभिन्न अस्पतालबाट १८७ जना कोरोनामुक्त भएका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले २४ घण्टामा १८७ जना डिस्चार्ज भएको जानकारी दिए।
त्यसमध्ये आठ महिला र १८९ पुरुष छन्। यससँगै डिस्चार्ज हुनेको संख्या हालसम्म ८६१ पुगेको छ।
आज थप २५० जना संक्रमित थपिएसँगै नेपालमा हालसम्म चार हजार ६१४ जनालाई संक्रमण भएको छ। त्यस्तै कोरोनाभाइरस देखिएर १५ जनाको मृत्यु भएको छ।
सङ्क्रमितको प्रादेशिक विवरणअनुसार प्रदेश नं १ मा १३ जिल्लाका ३०७, प्रदेश नं २ मा आठ जिल्लाका एक हजार ६७१, बाग्मती प्रदेशका १२ जिल्लाका १४७ र गण्डकी प्रदेशका नौ जिल्लाका १४७ जनामा कोरोना देखिएको छ।
त्यस्तै प्रदेश नं ५ का १२ जिल्लाका एक हजार ३९९, कर्णाली प्रदेशका नौ जिल्लाका ७५९ र सुदूरपश्चिम प्रदेशका नौ जिल्ला गरी १९२ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ। (राससकाे सहयाेगमा)