दाङमा आइतबार एकैदिन ५६ जना कोरोना भाइरसका नयाँ संक्रमित फेला परेका छन्।
बंगलाचुली गाउँपालिकामा मात्रै आइतबार एकैदिन ४५ संक्रमित थपिएका छन्। बंगलाचुली घर भएका एकजना भने प्यूठानको माण्डवीको क्वारेन्टिनमा बसेका व्यक्ति हुन। त्यो संगै उक्त गाउँपालिकामा मात्रै आइतबार ४५ जना संक्रमित फेला परेका छन्।
योसँगै दाङको बंगलाचुलीमा मात्रै ६९ जनामा संक्रमण पुष्टि भएको छ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतवार गरिएको परीक्षणअनुसार तुलसीपुर उपमहानगरपालिकामा वडा नं. १७ का १ जना र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत थप एकजनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ।
यो संगै दाङमा कोरोना भाइरसका संक्रमितको संख्या १५२ पुगेको छ। यसअघि जिल्लामा ९६ जना संक्रमित थिए।
दाङमा हालसम्म १० जना उपचार पछि घर फर्किएका छन्।