प्रदेश नं १ बाट शुक्रबार १० जना कोभिड–१९ संक्रमित निको भई घर फर्केका छन्।
कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा उपचारार्थमा १० जना निको भई घर फर्केनहरुमा खोटाङका तीन, सुनसरीका तीन, उदयपुरका दुई र मोरङ जिल्लाका दुई जना छन्।
निको भई घर फर्कनेमा २१ वर्षदेखि ४० वर्ष उमेरका चार महिलासहित १० जना छन्।
निजहरुलाई गत जेठ २१ देखि २५ गतेसम्म अस्पतालमा उपचारका लागि भर्ना गरिएको उपचार केन्द्र व्यवस्थापन समितिका सदस्य ध्रुव उराँवले जानकारी दिए।
प्रदेशमा कोभिडबाट संक्रमितको सङ्ख्या अहिलेसम्म ४ सय २२ रहेको छ भने निको भई घर फर्कनेको सङ्ख्या २ सय ३४ पुगेको छ।
विराटनगर, मोरङको सुन्दरहरैचा र धरानमा अहिले १ सय ८८ जना कोभिड–१९ बाट सङ्क्रमतको उपचार भइरहेको छ।
यसरी उपचारहुनेमा कोशी कोभिड उपचार केन्द्रमा विराटनगरमा २५ जना, पूर्वाञ्चल विश्वविद्यालय आइसोलेसन सेन्टर सुन्दरहरैचा मोरङमा ८५ र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ७८ जना छन्।
यसैगरी शुक्रबार दुई जना कोभिड–१९ बाट संक्रमित हुनेमा झापाको दमक र मोरङको बूढीगङ्गाका एक/एक जना छन् भने उनीहरुलाई उपचारका लागि विराटनगर ल्याइएको छ।
(रासस)