कोरोनाका कारण नेपालमा थप एक व्यक्तिको मृत्यु भएको छ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रिय अस्पतालको आयईसियूमा उपचाररत स्याङ्जा, सिरूवारी निवासी एक ५५ वर्षिय पुरूषको बुधबार राति ११:३५ उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ।
प्रतिष्ठानद्वारा जारी विज्ञप्तिका अनुसार मृतकलाई असार ८ गते आइसियूमा भर्ना गरिएको थियो।
प्रतिष्ठानले ती पुरूष कोभिड-१९ सहित सिभर निमोनिया तथा डायबिटिजबाट पीडित भएको जनाएको छ।
योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २५ पुगेको छ।