खोला तर्ने क्रममा बगाउँदा एक युवतीको मृत्यु भएको छ।
नौमूले गाउँपालिका ५ की २५ वर्षीया पविसरा शाहीको अपराह्न ३ बजेतिर खोला तर्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख हरिबहादुर ओलीले जानकारी दिए।
वडा नजीकै रहेको सामेखोला तर्ने क्रममा बगाएर उनको मृत्यु भएको हो।
लगातार वर्षात्सँगै खहरे ठूलो भएर आएको र तर्ने क्रममा बगाएपछि शवसमेत निकाल्न नसकिएको प्रहरीले जनाएको छ।
शव खोलाको बीच ढुंगामा अड्किएको प्रहरीको भनाइ छ।
(रासस)