राजपुर नगरपालिकास्थित लालबकैया नदीमा पौडी खेल्न गएका एक युवक वेपत्ता भएका छन्।
नदीमा पौडी खेल्न गएका वडा नं ८ का शेख कलिमका छोरा २५ वर्षीय शेख फिरोज आइतबार अपराह्न ३ बजे वेपत्ता भएको प्रहरीले जनाएको छ।
प्रहरी टोली र स्थानीयको सहयोगमा वेपत्ता युवकको खोजी भइरहेको उद्धारमा संलग्न इलाका प्रहरी कार्यालय राजपुरीका प्रमुख प्रहरी नायब निरीक्षक दीपक गुप्ताले बताए।
शेख फिरोजसँगै नदीमा वेपत्ता भएका र सोही ठाँउका ३० वर्षीय हजारी मियाँलाई घटनास्थलबाट ३०० मिटर पर जिवितै उद्धार गरिएको प्रहरी नायब निरीक्षक गुप्ताले बताए।
(रासस)