दाङमा मंगलबार एक वडाध्यक्षसहित २१ जना नयाँ संक्रमित फेला परेका छन्।
संक्रमित वडाध्यक्ष तुलसीपुरका हुन्। यो सँगै जिल्लामा संक्रमितको संख्या ५८३ पुगेको जिल्ला कोरोना फोकल पर्सन कमल चन्दले बताए।
तुलसीपुरका एक वडाध्यक्षलाई कोरोना संक्रमण फेला परेपछि वडा कार्यालय बुधबारदेखि एक हप्ता सिल गर्ने निर्णय भएको तुलसीपुर उपमहानगरपालिकाका स्वास्थ्य संयोजक विमल केसीले जानकारी दिए।
बुधबार तुलसीपुरमा मात्रै वडाध्यक्षसहित ६ जना पुरुषमा संक्रमण फेला परेको हो।
घोराही उपमहनगरपालिकामा एक महिलासहित ११ जना र शान्तिनगर गाउँपालिकामा तीन पुरुष र एक महिलामा संक्रमण पुष्टि भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायम मुकायम रजिष्ट्रार कैलाशप्रसाद देवले जानकारी दिए।
दाङमा हालसम्म ४ जना नेपाली सेना, दूई चिकित्सकसहित १७ जना स्वास्थ्यकर्मी, ४ जना वडाध्यक्ष र एक जना सदस्य गरी ५ जना जनप्रतिनिधिमा संक्रमण पुष्टि भइसकेको छ।