कैलालीको गोदावरी नगरपालिका–५ स्थित गेटामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
बुधबार बिहान आफ्नै घरको पानी धारामा मोटर जोडेर नुहाउने क्रममा करेन्ट लागेर २७ वर्षिय दिलबहादुर रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
मृतकको शव परीक्षणका लागि अहिले सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको प्रहरी नायब उपरिक्षक प्रतीक विष्टले बताए।