प्रदेश नं १ मा शुक्रबार ३८ जना कोभिड–१९ संक्रमित थपिएका छन्।
यसरी संक्रमित हुनेमा चार महिला र ३४ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार झापामा २८, मोरङ र उदयपुरमा पाँच-पाँच जनामा कोभिड–१९ पोजेटिभ रिपोर्ट देखिएको छ।
झापाको मेचीनगरमा १४, हल्दीबारीमा तीन, अर्जुनधारामा दुई महिलासहित आठ, विर्तामोडमा एक महिला, कनकाईमा एक महिलासहित दुई, मोरङको विराटनगरमा तीन, बेलबारी र बूढीगङ्गामा एक-एक, उदयपुरको वेलकामा पाँच जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ।
योसँगै प्रदेशमा संक्रमितको सङ्ख्या ६५३ पुगेको छ।
यस्तै प्रदेशबाट शुक्रबार छ जना संक्रमित निको भई घर फर्केका छन्। घर फर्कनेमा मोरङका चार र सुनसरीका दुई जना रहेका छन्।
प्रदेशमा निको हुने संक्रमितको सङ्ख्या ४०६ पुगेको छ।
(रासस)