विराटनगर महानगरपालिकामा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन्।
विराटनगर महानगरपालिका–६ स्थित शिव मन्दिर पछाडिको नालामा अन्दाजी ५० वर्षीय पुरुष मृत अवस्थामा बिहीबार फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
मृतकको शव परीक्षणका लागि कोशी अस्पतालमा पठाएको छ। मृतकको पहिचान सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यस्तै विराटनगर–१६ दरैयामा सोही स्थानका २० वर्षीय आनन्दकुमार पासवानलाई लागुऔषध डाइलक्स बीसी १०० एमएलको ३९ बोटलसहित पक्राउ गरी आवश्यक अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ।