प्रदेश नं मा १ मा बिहीबार दुई जना कोभिड–१९ संक्रमित थपिएका छन्।
सामाजिक विकास मन्त्रालयका अनुसार संक्रमित हुनेमा झापा र सुनसरीका एक/एक जना रहेका छन्।
प्रदेशमा अहिलेसम्म संक्रमितको सङ्ख्या ७०४ पुगेको छ। यस्तै प्रदेशबाट बिहीबार १४ जना संक्रमित निको भई घर फर्केका छन्। यसरी घर फर्केनेमा दुई महिलासहित १४ जना छन्।
पूर्वाञ्चल विश्वविद्यालय कोभिड–१९ आइसोलेसन अस्पताल मोरङबाट नौ जना, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट तीन जना र कोभिड–१९ आइसोलेसन केन्द्र उदयपुरको चौदण्डीगढीबाट दुई संक्रमित निको भै घर फर्केको मन्त्रालयले जनाएका छ।
प्रदेशबाट अहिलेसम्म निको हुनेको सङ्ख्या ५४१ पुगेको छ।
(रासस)