सरकारद्धारा प्रतिबन्धित विप्लव समूहका रोल्पा जिल्ला इन्चार्ज कमल थापा (बिजुली) पक्राउ परेका छन्।
४२ बर्षीय थापालाई शुक्रबार दिउँसो सुनिलस्मृति गाउँपालिका वडा नं.६ गजुलस्थित घरवाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी शंकर खड्काले जानकारी दिए।
प्रहरी निरिक्षक खड्काका अनुसार थापालाई आइतबार म्याद थपका लागि अदालतमा उपस्थित गराइने भएको छ ।
थापा विप्लव समुहको राप्ती ब्यूरो सदस्य समेत रहेको अनुसन्धानवाट खुलेको प्रहरीले बताएको छ ।
विभिन्न व्यापारीलाई फोन गरि चन्दाका लागि धम्किदिने, टेलिफोन टावरमाथि वम विस्फोट गराएका जस्ता अभियोग थापामाथि रहेको प्रहरी निरीक्षक खड्काले बताए ।