नेपाल बाढी सूचना केन्द्रले अविरल वर्षाका कारण नेपालका मुख्य र तिनका सहायक नदीमा बहाव खतराको सूचकमाथि जाने भएकाले सतर्क हुन भनेको छ।
केन्द्रद्वारा आज विहान जारी गरिएकजो सूचनामा नारायणी र सोका सहायक नदीमा बहाव खतराको संकेतभन्दा माथि हुने जनाएको छ। उसले वचलपरासीको सुस्तामा डुवानको जोखिम हुने जानकारी दिएको छ।
यसैगरी कोशी नदीको बहाव पनि खतराको संकेत नजिक हुने उसको भनाइ छ।
यसकासाथै कनकाई, कमला, बागमती तिनाउ, पूर्वि राप्तीमा नदीको स्तर खतराको बिन्दु आसपास हुने भएकाले तटिय क्षेत्रका वासिन्दालाई सतर्क रहन भनेको छ।
यस्तो छ बाढी पूर्वानुमान महाशाखाको सूचनाः