सर्लाही, साउन ११
हिउँदको समयमा खोलामा पानी नहुने भए पनि वर्षायाम सुरू भएपछि खोला वारपार गर्नुपर्दा जोखिमपूर्ण तवरले बाँसको कच्ची पुल बनाएर खोला तर्नुपर्ने बाध्यताका कारण सो क्षेत्रका स्थानीयवासी मारमा परेका हुन्।
सो हुलाकी सडक भएर आवतजावत गर्ने यात्रु स्थानीयवासीले बनाएको बाँसको अस्थायी पुलबाट रकम तिरेर खोला तर्न बाध्य भएको स्थानीयवासी रामकरण महतो बताए।
सखुअवा टोलका केही स्थानीय युवाले सो कम्ची अस्थायी पुलबाट साइकल तारेको प्रतिसाइकल ५० रूपैयाँ र मोटरसाइकल तारेको १५० रूपैयाँ असुल्दै गरेको स्थानीयवासीको भनाइ छ।
निर्माण सुरू गरेको वर्षौँ भए पनि ठेकेदारको लापरवाही तथा ढिलासुस्तीका कारण अहिलेसम्म निर्माण सम्पन्न नभएको हो।
बाँसको टेको र बाँसकै भाटा प्रयोग गरेर बनाइएको उक्त पुल अत्यन्तै कमजोर र साँघुरो भए पनि सो क्षेत्रका स्थानीय बासिन्दा तथा यात्रुलाई साइकल तथा मोटरसाइल लिएर वारपार गर्न बाध्य भएका छन्।
अहिले बाँसका यस्ता अस्थायी पुल बाढीले कटान गरेका जिल्लाका दर्जनौँ स्थानका खोलामा बनाइएका छन्।
(रासस)