कोरोना संक्रमणको जोखिम बढेपछि राजगढ गाउँपालिकाले मङ्लबारदेखि अनिश्चितकालका लागि सार्वजनिक सेवाहरू बन्द गरेको छ ।
गाउँपालिकाका अध्यक्ष परमानन्द यादवले आज एक सूचना प्रकाशित गरी गाउँपालिकाबाट प्रदान गरिने सार्वजनिक सेवा बन्द भएको जानकारी दिए।
अर्को सूचना नआउञ्जेल अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द रहने सो सूचनामा जनाइएको छ।
विश्वव्यापी रुपमा फैलिरहेको कोरोना संक्रमण समुदायमा फैलिने सम्भावनालाई मध्यनजर गर्दै उच्च जोखिम न्यूनीकरणका लागि गाउँपालिका र वडा कार्यालयहरु समेतबाट प्रवाह हुने सार्वजनिक सेवा बन्द गरिएको सूचनामा उल्लेख छ।
अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्किन र अति आवश्यक कामका लागि बाहिर निस्किनु पर्दा अनिवार्य रुपमा मास्क लगाउन, साबुन पानीले हात धुन, सामाजिक दूरी कायम गर्न र अन्य सावधानी अपनाउन गाउँपालिकाले नागरिकलाई आग्रह गरेको छ।
(रासस)