बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा पहिरोले एक घर बगाएको छ।
मङ्गलबार रातिदेखि निरन्तर वर्षाका कारण पहिरो आएर घर बगाएको हो। पहिरो अहिले पनि बगिरहेको स्थानीयवासी मदन थापाले बताए।
उनका अनुसार एक घर पूर्णरूपमा बगाइसकेको र पाँच घर पहिरोका नजिक रहेकाले जोखिममा छन्। ताम्सुमा ५० घरपरिवार छन् ।
पहिरो निरन्तर बग्ने हो भने गाउँ नै जोखिममा रहने स्थानीयवासीले बताएका छन्।
यता बूढीगङ्गा नदीले झोलुङ्गे पुल बगाएका कारण आवतजावतमा समेत समस्या भएको थापाले बताए।
(रासस)