अर्जुनधारा नगरपालिका–४ का ५६ वर्षीय विदुर पराजुलीको खोलाले बगाएर मृत्यु भएको छ।
स्थानीय टाङटिङ खोला तर्ने क्रममा उनलाई शनिबार दिउँसो खोलाले बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
जिल्लामा खोलाले बगाएर र पानीमा डुबेर मृत्यु हुनेको सङ्ख्या एक महिनाको अवधिमा १० जनाभन्दा बढी रहेको प्रहरीको भनाइ छ।
(रासस)