डडेल्धुरामा श्वासप्रश्वासमा समस्यामा देखिएकी एक महिलाको अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको छ।
श्वाशप्रश्वासमा समस्या आएर डडेल्धुरा अस्पतालमा उपचाररत रहेकी ३८ वर्षे महिलालाई धनगढी रेफर गरिएपछि शनिबार राति ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो।
उनको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ।
मृतकको स्वाब संकलन गरि आजै कोरोना परीक्षण हुने अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए।