कोरोना विरूद्ध लड्न सरकार गम्भीर बन्ने लिखित सम्झौतापछि अनशनरत ईःले अनशन तोडेका छन्।
उनले २३ औं दिनमा अनशन तोडेका हुन्।
उनलाई सरकारकोतर्फबाट पानी पिलाउँदै स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता समिर अधिकारीले अनशन तोडाएका हुन्।
सरकार र ईः बिच दोस्रो पटक सहमति भएको हो। ईः पहिलोपटक असार २२ गते अनशनमा बसेका थिए।
स्वास्थ्य मन्त्रालय र ईः बीच स्वास्थ्यकर्मीलाई पीपीई अभाव हुन नदिने आवश्यक्ता पर्ने बित्तिकै स्वास्थ्य मन्त्रालयले तत्काल उपलब्ध गराउनेसँगै कोरोना नियन्त्रणमा भएको खर्च छिटोभन्दा छिटो सार्वजनिक गर्नेलगायतका १२ वटा बुँदामा सहमति भएको छ।