अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जोशीपुर गाउँपालिका कैलालीका नायब सुब्बा सिद्धराज जोशीलाई घुस लिएको अभियोगमा सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।
सिलाइकटाइ तालिम, सैलनु र चुरा बनाउने तालिम दिइ सफलतापूर्वक सम्पन्न गरी चेक भुक्तानी गरेपछि सेवाग्राहीसँग घुस माग गर्दै गरेको भन्ने सूचनाका आधारमा कञ्चनपुरबाट गएको आयोगको टोलीले जोशीलाई केही दिन पहिले पक्राउ गरेको थियो।
आरोपी जोशी सेवाग्रहीसँग ८५ हजार रूपैयाँ घुस लिँदै गरेको अवस्थामा आयोगको टोलीले पक्राउ गरेको थियो।
आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार जोशीविरुद्ध बिगो असुल गरी कारवाहीको माग गर्दै सोमबार मुद्दा दायर गरिएको हो।