धनुषामा कोरोनाबाट थप एकजनाको मृत्यु भएको छ।
विदेह नगरपालिका वडा नं. ८ निवासी ६० वर्षीय पुरुषको कोरोनाको संक्रमणबाट मृत्यु भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जानकारी दिए।
जनकपुरधामस्थित प्रादेशिक अस्पतालको कोभिड १९ विशेष अस्पतालमा करिब २० दिन देखि आईसीयुमा उपचाररत रहेका सो पुरुषको गए राति कोरोनाको कारण मृत्यु भएको हो।
प्रमुख जिल्ला अधिकारी भट्टराईका अनुसार मृतकको ट्राभल हिस्ट्री भने छैन्।
प्रमुख जिल्ला अधिकारी भट्टराईले भने 'मृतक पुरुषको ट्राभल हिस्ट्री छैन् ,धनुषामा समुदाय स्तरमै कोरोना संक्रमण फैलिसकेको छ।'
यसअघि आइतबार मृत्यु भएका एक पुरुषमा सोमबार कोरोना पुष्टि भएको थियो।