गण्डकी प्रदेशमा कोरोना संक्रमण बढेको छ। केही दिनयता यहाँका अधिकांश जिल्लामा निषेधाज्ञा जारी रहे पनि संक्रमण घटेको छैन। सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीमा समेत संक्रमण देखिएको छ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा आज बिहान प्रदेशका कास्की, लमजुङ र नवलपरासीमा गरी दुई महिला र ३० पुरुष गरी ३२ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ।
कास्कीमा दुई संक्रमितमध्ये एक जना अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र अर्का विदेशबाट आएर क्वारेन्टिनमा बसेका व्यक्ति छन्।
कास्कीमा दुई संक्रमितमध्ये एक अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र अर्का विदेशबाट आएर क्वारेन्टिनमा बसेका व्यक्ति छन्।
लमजुङमा २३ जना थपिएकामा २० पुरुष नेपाली सेनामा कार्यरत रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए।
लमजुङका संक्रमित अर्का एक पुरुष बेँसीशहरमा एक बैंकमा कार्यरत रहेको बताइन्छ।
नवलपरासी बर्दघाट सुस्तापूर्वको गैँडाकोट र कावासोतीमा गरी सात जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ।
हालसम्म प्रदेशमा संक्रमित एक हजार ९३६ पुगेका छन् भने एक हजार ६४३ जना निको भएका छन्। प्रदेशमा संक्रमणबाट निको हुने दर ८४ दशमलव ८६ प्रतिशत रहेको छ।
हालसम्म आठ जनाले कोरोनाबाट ज्यान गुमाएका छन्। प्रदेशमा अहिलेसम्म ४१ हजार ३९१ जनाको पिसीआर विधिबाट कोरोना परीक्षण गरिएकामा ३९ हजार ४५५ मा संक्रमण देखिएको छैन।
पछिल्लो समय यहाँका प्रयोगशालामा दैनिक एक हजार हाराहारीमा परीक्षण हुने गरेकाले नतिजा आउन बाँकी नमूना ‘पेन्डिङ’ रहेको छैन।
(रासस)