वीरगंज महानगरपालिकाका मेयर विजयकुमार सरावगीका बाबुको निधन भएको छ।
उनी ७८ वर्षका थिए।
१५ दिनदेखि अस्पतालमा उपचार गराइरहेका सरावगीका बाबु चिरञ्जीवीलाल सरावगीको गएराति निधन भएको अस्पतालका एक चिकित्सकले सेतोपाटीलाई बताएका छन्।
पछिल्लो समय उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिदैं आइएको थियो। उनलाई रक्तचाप तथा मिर्गौलासम्बन्धी समस्या थियो।
त्यसअघि साउन २२ गते कोरोना देखिएपछि उनलाई उपचारका लागि काठमाडौं ल्याइएको थियो।