चितवन मेडिकल कलेजमा उपचाररत् एक वृद्धको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ।
कावासोती नगरपालिका ५ का ७७ वर्षीय वृद्धको आज विहान मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए।
निमोनिया र श्वासप्रश्वासबाट समस्या भइ ती वृद्ध यही असोज १६ गते अस्पतालमा भर्ना भएका थिए।
उनलाई उपचारका क्रममा असोज १८ गते कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ।
सङ्क्रमण पुष्टि भएसँगै उनलाई कोभिड सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो।