चितवनमा मंगलबार साँझ थप दुई कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ।
चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत भरतपुर–१० का ६१ वर्षीय पुरुषको मंगलबार साँझ ६:३० बजे मृत्यु भएको हो।
अस्पतालका निर्देशक डा दयाराम लम्सालले यही असोज ८ गते मधुमेह र उच्च रक्तचापको समस्या भई अस्पताल भर्ना भएका ती पुरुषको मंगलबार साँझ ६ बजे कोरोना रिपोर्ट पोजिटिभ आएको जानकारी दिए।
मंगलबारै साँझ पुरानो मेडिकल कलेज भरतपुरमा उपचाररत राप्ती नगरपालिका–९ का ८१ वर्षीय पुरुषको मृत्यु भएको छ।
असोज १८ गते पिसिआरका लागि स्वाब दिएर घरमै बसेका ती पुरुष साँझ ६ बजे अस्पताल पुगेका थिए।
श्वासप्रश्वासको समस्या देखिएका उनको ६:३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ। उनको साँझ ७ बजे कोरोना रिपोर्ट पोजिटिभ आएको हो।
(रासस)