नेपालीहरूको दोस्रो महान् चाड तिहार आउन अब हप्ता दस दिन मात्र बाँकी छ।
घर-घरमा ढकमक्क फुलेका सयपत्री र मखमलीले छुट्टै सुन्दरता थप्छ। तिहारमा घर सजाउन होस् वा काग, कुकुर, गाई र दाजु-भाइ पूजा गर्न, सयपत्री-मखमली फूल नै प्रिय मानिन्छन्।
काग तिहारमा कागलाई खाना खुवाउन, भोलिपल्ट कुकुर पूजा, पर्सिपल्ट गाई हुँदै गोवर्द्धन पूजा र भाइटीकामा सयपत्री र मखमली प्रयोग हुन्छ।
विगत वर्षहरूझैं यसवर्ष पनि भक्तपुरका किसानहरूले सयपत्री, गोदावरी र मखमली फूल खेती गरेका छन्। तर यसपटक कोरोनाले गर्दा सोचेजस्तै मखमली खेती हुन नसकेको बताउँछिन् भक्तपुर गुन्डुकी २६ वर्षीया रुपा बस्नेत।
उनले तिहारको लागि भनेर छुट्टै फूल खेती गर्छिन्। यसपटक तीनदेखि साढे तीन लाख रुपैयाँ कमाउने उनको अनुमान छ।
तस्बिरमा हेर्नुस् भक्तपुरको गुन्डुमा ढकमक्क फुलेका मखमली :