मेचीनगर नगरपालिका–७ मा रहेको पालिया नदीमा पक्की पुल बन्न थालेपछि स्थानीय हर्षित बनेका छन्।
प्रदेश नम्बर १ सरकारको तीन करोड ८४ लाख १४ हजार ३८७ रूपैयाँ लागतमा पुल बन्न सुरू भएको हो। सो पुल निर्माणको ठेक्का हिम्टुङ एण्ड थोकर सरोज जेभी निर्माण सेवाले लिएको छ।
सेवासँग वि.सं. २०७८ असार २० गते निर्माण सक्ने गरी गत बैशाख २४ गते सम्झौता भएको मेचीनगर नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीले बताइन्।
उनका अनुसार ८२ फिट लम्बाई र २८ फिट चौडाई रहने पुलको दुबै तर्फ ४-४ फिट लम्बाईको पैदल यात्री हिड्ने संरचना निर्माण गरिने छ।
पक्की पुल निर्माण भएपछि मेचीनगर—७ स्थित सत्तिघट्टा–गोमनसरी–इटाभट्टालाई जोड्नेछ।
पुल सञ्चालनमा आए लगत्तै मेचीनगर र चन्द्रगढी विमास्थलको दूरी १४ किलोमिटरमात्र हुने उनले बताए।
(रासस)