तराईबासीको महान पर्व छठको तयारी सुरू भएको छ। तर यसपालि कोरोना महामारीले गर्दा त्यति चहलपहल भने छैन।
काठमाडौंको कालीमाटी शून्यप्राय:छ। छठको लागि सामान किन्नेहरू त्यति देखिँदैनन्। पहिलो वर्षको तुलनामा अहिले ३०/४० प्रतिशत मानिस कम आएका व्यापारीहरू बताउँछन्।
छठका लागि बासको नाङ्गलो, ढाकिया, कोनिया, डगरी, माटोको हात्ती,दीयो, ढकना, कोशिया, कुरवार, केरा लगायत फलफूल, उखु, भोगटे, कागती, सखर लगायतका पुजा सामग्री खरिदका लागि कमै आएका छन्।
अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्ध्य दिएर सप्तमी तिथिको बिहानसम्म गरी ४ दिनसम्म छठ मनाइने गरिन्छ।
तस्बिरहरू :