इण्डियन आर्मीमा कार्यरत तुलसीपुरका प्रेम केसीले मंसिर ११ गते घर परिवारलाई बुलेट बाइक किन्न लगाए।
तर दोस्रो दिन कस्मिरमा आतंककारी हमलामा परि मारिएपछि उनको सो बुलेट बाइक चड्ने सपना अधुरै रह्यो।
नातामा दाजु पर्ने तुलसी केसीका अनुसार प्रेमले ५ तारिखमा आफ्नो बिदा हुने र त्यसपछि घर आउने बताएका थिए।
‘घर बिदामा आउँदा बुलेट बाइक चढ्ने रहर छ', उनले केसीसँग भनेका थिए।
'मेरो लागि एउटा बुलेट बाइक किनेर राखिदिनु भनेको थियो,’ तुलसीले भने ‘उनको इच्छा पूरा गर्न परिवारले अघिल्लो दिन मात्रै उसको लागि बाइक किनेर ल्याएका थिए।’
बाइक किनको दोस्रो दिन एकाविहानै आतंककारी हमलामा प्रेम मारिए।
प्रेमले आफु हमलामा पर्नुभन्दा अघिल्लो रात पनि घर परिवारसँग भिडियो सम्वाद गरेका थिए।
प्रेमको आइतबार गृह जिल्ला दाङमा हिन्दुपरम्परा अनुसार अन्तेष्टि गरिएको छ। उनको शव शनिवार मध्य रातिमा मात्रै घर ल्याइपुर्याइएको थियो।
यो पनि पढ्नुहोस्ः
‘घर बिदामा आउँदा बुलेट बाइक चढ्ने रहर छ', उनले केसीसँग भनेका थिए।