एचआइभीबाट दिवंगत र चेलिबेटी बेचविखनविरूद्ध दीप प्रज्वलन गरिएको छ।
सोमबार एड्स दिवसको पूर्वसन्ध्यामा माइती नेपालले सदा झैं यो वर्ष पनि काठमाडौंको गौशाला चोकमा दीप प्रज्वलन कार्यक्रमको आयोजना गरेको हो।
एड्सका कारण दिवङ्गत भएकाहरूप्रति श्रद्धाञ्जली अभिव्यक्ति गर्न र एचआइभी संक्रमणविरूद्ध जनचेतना जगाउन माइती नेपालले दीप प्रज्वजलन गरेको हो।
कार्यक्रममा माइती नेपालका कर्मचारी र पुनर्स्थापना गृहमा रहेको महिला तथा बालबालिकाको सहभागिता रहेको थियो।
महिला हिंसा विरूद्धको सोह्र दिने अभियान अन्तर्गत विश्व एड्स दिवसलाई महत्वपूर्ण दिनको रूपमा लिने गरिन्छ।
तस्बिरहरू: