चाँगुनारायण नगरपालिका–५ पिखेलका प्रदीप कार्कीको तीनतले कच्ची घरमा खाना पकाउने ग्यास सिलिन्डर लिक भई आगलागी भएको छ।
आगलागीबाट ११ लाख ८६ हजार ५०० रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।
आगलागीपछि महानगरीय प्रहरी परिसर भक्तपुर र प्रहरी प्रभाग व्यासी तथा चाँगुका प्रहरी टोली, भक्तपुरको दमकल तथा स्थानीयवासीले आगो नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।