२०७२ सालमा भूकम्पले कारागार भत्किँदा भागेका प्रतिवादी पक्राउ परेका छन्।
प्रहरीले गौवध मुद्दामा फरार भएका सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-१ का वीरबहादुर पहरीलाई मंगलबार पक्राउ गरेको हो।
जिल्ला प्रहरीका अनुसार उनलाई अदालतले गौवध गरेको मुद्दामा १२ वर्ष कैद सजाय सनाएको थियो। तर उनी २०७२ सालको भूकम्पमा कारागारमा क्षति पुग्दा भागेका थिए।
त्यसदिनदेखि फरार भएका पहरीलाई प्रहरीले पक्राउ गरेको हो।
कारागारबाट भागेको हुँदा उनको थप पाँच वर्ष ७ महिना ३ दिन थपिएको प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रकाश सापकोटाले जानकारी दिए।
उनको कुल १७ वर्ष ७ महिना ३ दिन कैद भुक्तान गर्न बाँकी भएको उनले बताए।
सजाय कार्यान्वयन गराउन प्रहरीले उनलाई मंगलबार नै सिन्धुपाल्चोक जिल्ला अदालतमा पेश गरेको थियो।