पश्चिमी वायुको प्रभावले देशका अधिकांश भू-भागमा हुस्सु लागेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार मुलुकभर पश्चिमी वायुको प्रभावले बिहानीपख काठमाडौं उपत्यका लगायतमा हुस्सु लागेको छ।
पश्चिमी वायुको प्रभावले अझै एक दुई दिन काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा बिहान हुस्सु लाग्ने मौसमविद् प्रतिभा मानन्धरले बताइन्।
‘मध्यान्हपछि हुस्सु क्रमशः घटेर घाम लाग्ने छ’, मानन्धरले भनिन्।
हाल गण्डकी, बागमती, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा छ। प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भूभागमा अपरान्ह आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने बताइएको छ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलव ६ डिग्री र अधिकतम तापक्रम १९ दशमलव २ डिग्री सेल्सियस छ।
त्यस्तै, आज सबभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ३ दशमलव ४ डिग्री र सबभन्दा धेरै रुपन्देही, भैरहवाको न्यूनतम तापक्रम ५ दशमलव ५ डिग्री सेल्सियस छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
पुस ९ गते (बिहीबार)
दिउँसो : प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
राति : प्रदेश नं १ का पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
पुस १० गते (शुक्रबार)
दिउँसो : प्रदेश नं १ का पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
राति : प्रदेश नं १ का पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
पुस ११ गते (शनिबार)
दिउँसो : प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
राति : गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। राससको सहयोगमा