ललितपुरको लबिम मलमा क्रिसमस मनाउनेको भीड बढेको छ।
२५ डेसेम्बरमा पर्ने क्रिसमस मनाउन सर्वसाधरणहरू निस्किँदा मलमा भीड भएको हो।
भीड बढेपछि मल बाहिर पनि ट्राफिक व्यवस्थापनमा हम्मे परेको हो।
महानगरीय प्रहरी परिसर, ललितपुरका प्रहरी उपरीक्षक प्रज्जवल महर्जनका अनुसार मल बाहिर सवारीसाधनको घुइँचो लागेको थियो।
मल बाहिर भीड तथा सवारीसाधन बढेपछि प्रहरी पनि केही बेर परिचालन भएको थियो।
विशेषगरी त्यहाँ आएका सर्वसाधारणहरूले सजाइएका रूखहरूसँग फोटो खिचेका थिए।
हेर्नुहोस् केही तस्बिरहरू