टाटा सुमो गाडीले ठक्कर दिँदा शनिबार बिहान झापाको कमल गाउँँपालिका–५ स्थित सडकखण्डमा एकजना साइकलयात्रीको मृत्यु भएको छ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गतको लभडाँडा सडकखण्डमा शनिबार बिहान ८ बजे दुर्घटना भएको थियो।
पूर्व जाँदै गरेको मे १ज २००४ नम्बरको टाटा सुमोले बाटो काट्दै गरेका कमल–६ बस्ने ५३ वर्षीय साइकलयात्री झुलानाथ खनाललाई ठक्कर दिएको हो। ठक्कर दिँदा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताए।
उनका अनुसार ठक्करबाट सख्त घाइते भएका खनालको दमकस्थित लाइफलाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
ठक्कर दिने सुमो र चालकलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक पण्डितले बताए।
रासस