प्रहरीले चितवनबाट गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय भण्डाराले १८ किलो अवैध लागुऔषध गाँजासहित बाबुछोरालाई शुक्रबार पक्राउ गरेको हो।
पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाउँपालिका–७ गर्लिङका ३५ वर्षीय रामकृष्ण प्रजा र १२ वर्षीय छोरा रहेको इलाका प्रहरी कार्यालय भण्डाराले जनाएको छ।
प्रहरीका अनुसार उनीहरूलाई राप्ती नगरपालिका–४ झरना जाने सडकबाट पक्राउ गरेको हो।
जाँचका क्रममा उनीहरूको साथमा रहेको कालो झोलामा गाँजा भेटिएको प्रहरीले जनाएको छ।
थप अनुसन्धान र कारबाहीका लागि इलाका प्रहरी कार्यालय खैरहनी लगिएको छ।
रासस