साउदी अरबको एउटा अदालतले एक जना महिला अधिकारकर्मीलाई जेल सजायको फैसला गरेको छ।
चर्चित अधिकारकर्मी लौजैन अल हथलौललाई अदालतले सोमबार पाँच वर्ष आठ महिनाको जेल सजाय तोकेको हो।
उनलाई आतङ्कवादसम्वन्धी अपराधमा संलग्न भएको आरोप लगाइएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
ती महिला अधिकारकर्मीले आतङ्वाद विरुद्धको कानुन उलङ्घन हुनेगरी धेरै गतिविधिहरू गरेको सरकारी पक्षको दावी छ।