भारतको राजधानी नयाँ दिल्लीमा रहेको इजरायली दूतावासनजिक विस्फोट भएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार शुक्रबार साँझ नयाँ दिल्लीको एपिजे अब्दुल कलाम रोड छेउमा रहेको दूतावासनजिक विस्फोट भएको हो।
विस्फोटमा केही गाडीमा क्षति भएको प्रहरीले जनाएको छ।
विस्फोटको विस्तृत विवरण आउन बाँकी छ।